सिन्धुली – कमलामाइ नगरपालिका -१२ का पन्ध्र घरपरिवार दलित भुमिहिन तथा भुमीहिन सुकुम्बासीलाई आइतबार जग्गाधनी (लालपुर्जा) बितरण गरिएको छ । जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाको प्रमुख आतिथ्यतामा कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा वडाभित्रका १५ दलित भुमिहिन तथा भुमीहिन सुकुम्बासीलाई जग्गाधनी पुर्जा र १११ घरपरिवारलाई जग्गा नापजाँचको निस्सा वितरण गरिएको हो । […]
लङ्गुरखोला महादेब मन्दिर जाँदै गरेको बोलेरो दुर्घटना, १२ घाइते
सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिका -१ हत्पते गागनबाट लङ्गुरखोला महादेव मन्दिर दर्शन गर्न जादै गरको यात्रुबहाक बोलेरो दुर्घटना हुँदा बोलेरोमा सवार १२ यात्रु घाइते भएका छन । लङ्गुरखोला महादेव मन्दिर दर्शन गर्न दर्शनार्थी सवार प्र २-०४-००१ च ००५६ नम्बरको बोलेरो लङ्गुरखोला जाने भित्री सडक खण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । महोत्तरी […]
सिन्धुलीमा फोहोरमैला ब्यबस्थापन सम्बन्धी सडक नाटक प्रर्दशन
सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका – १ स्थित पञ्चकन्या मा.बि कुडुले बिधालय परिसरमा बिहिबार सरसफाइसम्बन्धी जनचेतनामूलक सडक नाटक प्रस्तुत गरिएको छ । कमलामाई नगरपालिकाको आयोजना तथा भाइब्रेसन मिडियाको संयोजनमा उक्त सडक नाटक प्रस्तुत गरिएको हो । फोहोरमैला ब्यबस्थापन र बाताबरण संरक्षण सम्बन्धी वातावरणीय प्रदूषणले मानव स्वास्थ्य तथा वातावरणमा पर्ने असर र सरसफाइको महत्वबारे सडक नाटक मार्फत सन्देश […]
सिन्धुलीको तिनपाटनमा ४२ वर्षीया महिलाको शव फेला
सिन्धुली – सिन्धुलीमा गएराति एक महिलाको शव फेला परेको छ । तीनपाटन गाउँपालिका -४ बालाजोर गाउँको बाँसझ्याङमा स्थानीय ४२ वर्षीया खडकमाया भुजेलको शव भेटिएको प्रहरीले जनाएको छ । राति साढे ९ बजे स्थानीयले महिलाको शव भेटिएको जानकारी गराएपछि घटनास्थल पुगेको प्रहरीले उनका श्रीमान मार्फत् शवको पहिचान गराइएको प्रहरी निरीक्षक केशवकुमार कटुवालले जानकारी दिए । मृत […]
सिन्धुलीमा सरकारी बजेट कार्यान्वयनबारे अर्धबार्षिक समिक्षा सम्पन्न
सिन्धुली – संघीय र प्रदेश सरकार अन्तरगत जिल्लामा रहेका कार्यालयहरुको अर्धबार्षिक समिक्षा कार्यक्रम बुधबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिती सिन्धुलीको आयोजनामा चालु आर्थिक वर्ष २०८०/०८१ को प्रथम अर्धबार्षिक अबधीमा सम्पन्न तथा कार्यान्वयनको चरणमा रहेको कार्यक्रमहरुको अर्धबार्षिक प्रगती समीक्षा सम्पन्न भएको हो । आर्थिक वर्ष २०८०/०८१ को प्रथम अर्धबार्षिक अबधीमा सम्पन्न तथा कार्यान्वयनको चरणमा […]








