प्रदिप थापाको ‘सपनाहरु’ सार्वजनिक

चर्चित गायक रामकुमार नेपाली र प्रदिप थापाको स्वरमा रहेको गीत ‘सपनाहरु’ सार्वजनिक भएको छ । गीत युट्युब च्यालन प्रदिप थापा सिन्धुलीबाट सार्वजनिक भएको हो ।

प्रदिप थापाको शब्द र संगीतमा निर्माण भएको गित ‘सपनाहरु’ लाई पदम बिसिले एरेन्ज गरेका हुन भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजना रहेको ‘राष्ट्रिय लोक गायन प्रतियोगीता २०७५ का बिजेता राम कुमार नेपालीले आवाज भरेका हुन ।

नेपाली साहित्य र संगीतको क्षेत्रमा कलम चलाइरहेका प्रदिप थापाको आधुनिक गित ‘सपनाहरु’ नेपाली साङ्गितिक बजारमा पहिलो कोशेलीको रुपमा लिन सकिन्छ । जिबन्त लोक इतिहासको पारिवारिक पृष्ठभुमिमा जन्मिएका थापा स्व. लोक गायक कृष्ण बिक्रम थापाका भतिज हुन ।

युवा पुस्ता र उनिहरुले देख्ने सपनाहरुलाई आधार मानेर रचना गरिएको गित मुर्चुङ्गा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो भने ‘सपनाहरु’ गितको मिक्सिङ सन्जय त्रिपालले गरेका हुन ।

गित सुन्नका लागी:

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलवार ०६:२८

प्रतिक्रिया दिनुहोस्