सिन्धुली : नेपाली कांग्रेस सिन्धुलीले पार्टीको संगठन सुदृढीकरणको सय दिने अभियान सुरू गरेको छ । अभियान सञ्चालनका लागि कांग्रेस केन्द्रीय समितिले सिन्धुलीमा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रतिमा गौतमलाई खटाएको छ । अभियानका लागि सिन्धुली कांग्रेसले पूर्वसभापति महासमिति, महाधिवेशन प्रतिनिधि, जिल्लाका पदाधिकारी तथा सदस्य समेतलाई ९ स्थानीय तहका ७९ वटै वडाका लागि प्रतिनिधि खटाएको नेपाली […]
राजनीति
कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनित
सिन्धुली – नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनित भएका छन् । कांग्रेस दलका नेता शेरबहादुर देउवाले शनिबार घिमिरेलाई प्रमुख सचेतकमा मनोनित गरेका हुन् । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका घिमिरे गत आम चुनावमा सिन्धुली -१ बाट निर्वाचित भएका थिए । यसअघि संसदीय दलको प्रमुख सचेतकको भूमिकामा रहेका रमेश लेखक गृहमन्त्री भएपछि देउवाले घिमिरेलाई उक्त जिम्मेवारी दिएका छन् ।
संघियताका कारण देशको अर्थतन्त्र चौपट भयो: सांसद घिमिरे
सिन्धुली – प्रतिनिधिसभा सदस्य श्याम कुमार घिमिरेले सङ्घीयताका कारण देशको अर्थतन्त्र चौपट भएको बताउनुभयो । नेपाल प्रेस युनियन सिन्धुलीले सिन्धुलीमाढीमा मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य घिमिरेले देशको अर्थतन्त्रले धान्न नसक्ने अबस्था आइपुगेकोले सङ्घीयताको पुनर्विचार गर्नु पर्ने उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकारले आफ्नो आवश्यकता तथा […]
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हिरासतमुक्त
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हिरासतमुक्त भएका छन् । उनलाई प्रहरीले हाजिरी जमानतमा छाेडेकाे हाे । छोरा सम्भव सिरोहियाको रोहबरमा अनुसन्धानको लागि आवश्यक परेको बेलामा उपस्थित गराउनुपर्ने सर्तसहित सिराेहिया हिरासतमुक्त भएका हुन् । नागरिकता किर्ते कसुरमा सिराेहिया पक्राउ परेका थिए । कान्तिपुरकाे मुख्यालयबाटै पक्राउ गरेर धनुषा लगिएका सिराेहियालाई मंगलबार हेलिकाेप्टरबाट काठमाडाैं ल्याइएकाे थियाे । स्वास्थ्यमा समस्या […]
एकैदिन ७ सयबढी कृयाशिल सदस्यलाई कांग्रेस सिन्धुलीको प्रशिक्षण
सिन्धुली – नेपाली कांग्रेस जिल्ला प्रशिक्षण शाखा सिन्धुलीको समन्वयमा जिल्लाको फिक्कल र हरिहरपुरगढी गाउँपालिका अन्तर्गतका सम्पुर्ण वडामा कृयाशिल सदस्यहरुको लागी एक दिवसिय आधारभुत प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । जागरुक कृयाशिल सदस्य, नेपाली कांग्रेसको सुदृढ भबिस्य भन्ने मुल नाराका साथ शनिबार दुई पालिकाका १४ वटै वडामा एकैसाथ आधारभुत प्रशिक्षण कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस जिल्ला […]








