सिन्धुली – प्रेस सेन्टर नेपाल सिन्धुलीको आठौं साधारण सभा तथा पाँचौ जिल्ला अधिवेशन शनिवार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यतामा भएको अधिवेशनले संगठनको नयाँ कार्य समिति गठन गरेको छ । अधिवेशनबाट सर्वसम्मत रुपमा बुद्ध नेपालीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा संगिता डिम्दोङ […]
राजनीति

कांग्रेसको सयदिने अभियान: तिनपाटन -६ मा अन्तरक्रिया सम्पन्न
सिन्धुली : नेपाली कांग्रेसको सय दिने अभियान अन्तरगत सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नम्बर -६ मा कार्यक्रम सम्पन्न भएको छ । वडामा अन्तरक्रियासहित बुधबार कार्यक्रम सम्पन्न भएको हो । सयदिने अभियानका संयोजक तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल तरूण दलका केद्रिय सदस्य सुजन थापा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । नेपाली कांग्रेस तिनपाटन गाउँपालिका […]

कांग्रेस सिन्धुलीको सय दिने अभियान: एकैदिन ७९ वडामा भेला
सिन्धुली : नेपाली कांग्रेस सिन्धुलीले पार्टीको संगठन सुदृढीकरणको सय दिने अभियान सुरू गरेको छ । अभियान सञ्चालनका लागि कांग्रेस केन्द्रीय समितिले सिन्धुलीमा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रतिमा गौतमलाई खटाएको छ । अभियानका लागि सिन्धुली कांग्रेसले पूर्वसभापति महासमिति, महाधिवेशन प्रतिनिधि, जिल्लाका पदाधिकारी तथा सदस्य समेतलाई ९ स्थानीय तहका ७९ वटै वडाका लागि प्रतिनिधि खटाएको नेपाली […]

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनित
सिन्धुली – नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनित भएका छन् । कांग्रेस दलका नेता शेरबहादुर देउवाले शनिबार घिमिरेलाई प्रमुख सचेतकमा मनोनित गरेका हुन् । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका घिमिरे गत आम चुनावमा सिन्धुली -१ बाट निर्वाचित भएका थिए । यसअघि संसदीय दलको प्रमुख सचेतकको भूमिकामा रहेका रमेश लेखक गृहमन्त्री भएपछि देउवाले घिमिरेलाई उक्त जिम्मेवारी दिएका छन् ।

संघियताका कारण देशको अर्थतन्त्र चौपट भयो: सांसद घिमिरे
सिन्धुली – प्रतिनिधिसभा सदस्य श्याम कुमार घिमिरेले सङ्घीयताका कारण देशको अर्थतन्त्र चौपट भएको बताउनुभयो । नेपाल प्रेस युनियन सिन्धुलीले सिन्धुलीमाढीमा मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य घिमिरेले देशको अर्थतन्त्रले धान्न नसक्ने अबस्था आइपुगेकोले सङ्घीयताको पुनर्विचार गर्नु पर्ने उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकारले आफ्नो आवश्यकता तथा […]