सिन्धुली – बिपि राजमार्ग स्थित सुनकोशी गाउँपालिका -१ देबिथानमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार तिन जना गम्भीर घाइते भएका छन । काठमाडौबाट रामेछापतर्फ जाँदै गरेको बा.प्र. ०२- ०२७ प १०८९ नम्बरको मोटरसाइकल र बिपरित दिशा सिन्धुलीबाट काठमाडौ तर्फ जाँदै गरेको प्र २-०४-००१ प २५५२ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाइ दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जना […]
प्रदेश
बोहोरेटारमा मोटरसाइकल दुर्घटना: दुईको घटनास्थलमै मृत्यु
सिन्धुली – सुनकोशी गाउँपालिकामा -३ बोहोरेटारमा सोमबार बिहान यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार मोटरसाइकल चालक सहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बिपि राजमार्ग हुँदै रामेछाप मन्थलीबाट काठमाडौ तर्फ जाँदै गरेको बा. प्र. ०१-००६ ख ४५९३ नम्बरको यात्रुबाहक बस र बिपरित दिशाबाट आउदै गरेको मोटरसाइकल बोहोरेटारमा एक आपसमा ठक्कर खाइ दुर्घटनाग्रस्त भएको थियो । […]
गुराँसेका १ सय २० घर हायु-परिवारलाई न्यानो सिरक बितरण
सिन्धुली -कमलामाइ नगरपालिका -१ गुराँसे कोप्चेका लोपोन्मुख हायु समुदायलाई शुक्रबार एक कार्यक्रमका बिच न्यानो (ओढ्ने फाइबर) सिरक बितरण गरिएको छ । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको उपस्थिती तथा कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा एक घरपरिवारलाई दुई/दुई थानको संख्यामा १ सय २० हायु घर-परिवारलाई न्यानो (ओढ्ने फाइबर) सिरक बितरण […]
र्याली र दिप-प्रज्वलन सहित तिनपाटनले आप्रवासी दिवस मनायो
सिन्धुली – आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस । आप्रवासी कामदार र तिनका परिवारको अधिकारबारे सिन्धुलीको तिनपाटन गाउँपालिकाको आयोजना तथा सामी परियोजनाको समन्वय र हेल्भेटास नेपालको प्राबिधिक सहयोगमा र्याली तथा दिप-प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपालमा पनि हरेक बर्ष डिसेम्बर १८ मा मनाइने गरिन्छ । वैदेशिक रोजगारी, पेशा व्यवसाय र अध्ययन लगायतका लागि […]
बिबाह पन्चमीको अबसरमा कमलामाइ नगरपालिका -३ कुडुलेमा मेला
सिन्धुली – कमलामाइ नगरपालिका -३ कुडुलेमा नबनिर्मीत श्री पन्चेश्वर महादेब मन्दिरमा बिबाह पन्चमीको अबसरमा आइतबार साझ मेला लागेको छ । परापुर्बकाल देखि बिबाह पन्चमीको अबसरमा मेला लाग्ने गरेको पन्चेश्वर महादेब मन्दिर २०७२ सालको भुकम्पमा भत्कीएको थियो । उक्त भग्नाबशेष अबस्थामा रहेको मन्दिर कमलामाइ नगरपालिकाको पहलकदमीमा नयाँ शहर आयोजना खुर्कोटको ४६ लाख पच्चीस हजार लगानीमा पन्चेश्वर […]