चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय नेपाल भ्रमण क्रममा भएको सम्झौतापछि नेपाली ‘सिट्रस फ्रुट’ (जुनार, सुन्तला, कागती लगायत) निर्यात सहज हुने बताइएको थियो। उक्त भ्रमण बेला सिट्रस फ्रुट निर्यातसम्बन्धी मस्यौदा प्रस्तावमा नेपालको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र चीनको कृषि विभागबीच सम्झौता भएको थियो। सम्झौता भएको एक वर्ष भइसक्यो। यति बेलासम्म नेपाली सुन्तलाको उत्पादन करिब सकिने बेला भइसकेको छ। […]
प्रदेश ३
धरान-चतरा लोकमार्ग निर्माण मुआब्जा र डाइभर्सनको कारण अबरोध
राष्ट्रिय गौरवको आयोजनामा समेटिएको हेटौँडा–धरान–चतरा (मदन भण्डारी) लोकमार्गको निर्माण रोकिएको छ । जग्गाको मुआब्जा विवादका कारण निर्माण रोकिएको हो । निर्माण रोकिएसँगै तोकिएको समयमै आयोजना पूरा हुने सम्भावना टरेको छ । मदन भण्डारी लोकमार्ग हेटौँडा आयोजना कार्यालयका अनुसार यो सडक चालू आर्थिक वर्ष ०७७/७८ को फागुनभित्र निर्माण सम्पन्न हुनुपर्ने हो । मुआब्जा विवाद नटुंगिएको तथा स्थानीयले अवरोध गरेकाले निर्माण […]
गोलन्जोरमा कोभिड अस्पताल, कोरोना संक्रमितको नि:शुल्क उपचार
सिन्धुली । सिन्धुलिको गोलन्जोर गाउँपालिकामा कोभिड-१९ अस्थायी अस्पताल सोमबारबाट सञ्चालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी स्थानिय तहमा कोभिड -१९ अस्थायी अस्पताल संचालन मार्गदर्शन -२०७७ बमोजिम अस्पताल शुरु भएको हो । परिपत्र अनुसार गाउँ कार्यपालिकाले ग्वाल्टार स्वास्थ्य चौकीलाई पाँच बेडको अस्थायी कोभिड -१९ अस्पतालको रुपमा बिस्तार गर्ने भनी गएको असोज १ […]
नियती: आर्थिक अभावले उपचार नपाएका कोरोना संक्रमितको शव व्यवस्थापनमा समेत अवरोध
२० कात्तिक, सिन्धुली । सिन्धुलीमा एक कोरोना संक्रमितको आर्थिक अभावमा उपचार नपाएर मृत्यु भएको छ । मृत्युपछि शव व्यवस्थापनमा समेत स्थानीयले अवरोध गरेका छन् । कमलामाई नगरपालिका–५ जरायोटारका ४८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट बिहीबार मृत्यु भएको हो । दसैंको टीकाको भोलिपल्ट कात्तिक ११ गते संक्रमित पुरूष अचानक घरमै लड्न पुगेका थिए । आफन्तका अनुसार उनलाई […]
दुर्लभ बन्यजन्तु निलगाई सिन्धुलिमा मृत फेला
सिन्धुली : सिन्धुलीमा बुधबार दुर्लभ मानिएको निल गाई मृत अवस्था फेला परेको छ। कमलामाई नगरपालिका -१४ रानीवासमा बयस्क निल गाई मृत अवस्था भेटीएको डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख नारायण श्रेष्ठले जानकारी दिए । मुखबाट रगत बगेको अवस्थामा मृत भेटिएको निल गाईको कसैले सिकार गरेको हो कि भन्ने समेत आशंका गरिएको प्रमुख श्रेष्ठले बताए । संरक्षित वन्यजन्तुको […]