सिन्धुली : विद्युत प्राधिकरण सिन्धुली वितरण शाखाले विद्युत बिस्तार गरिरहदा त्यसको रेखदेख र ब्यबस्थापनमा खासै वास्ता नगर्दा समुदायमा जोखिमको बाताबरण सृजना भएको छ । गोलन्जोर गाउँपालिका – ५ स्थित खनियाखर्क २६ भनिने स्थानमा हरियो रुखमा टाङ्गिएको विद्युतको तारले अत्यन्त जोखिम युक्त अबस्था सृजना भएको स्थानियको गुनासो छ । हरियो रुखमा बर्षौ देखि तार घोटिएर चुढिन लाग्दा […]
प्रदेश ३
सिन्धुली पोलिक्लिनिक र लक्ष्मी फार्मेसी शिलबन्धी
सिन्धुली – बजार अनुगमन टोलीले अबैध रूपमा सञ्चालित औषधी पसल र पोलिक्लिनिक शिल गरेको छ । बुधबार सिन्धुलीमाढी बजारमा सञ्चालित औषधी पसल तथा पोलिक्लिनिकहरूको अनुगमनको क्रममा कनपा–६ मा सञ्चालित सिन्धुली पोलिक्लिनक प्रा.लि. र अस्पताल रोडमा रहेको लक्ष्मी फार्मेशीले आबश्यक प्रक्रिया पूरा नगरि सञ्चालन गरेको भेटिएपछि शिल गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला […]
अपाङ्गता भएको ब्यक्तीले दया होइन, अधिकार खोज्छ
अपाङ्गता भएका ब्यक्तिलाई राज्यबाट ब्यबस्था भए बमोजिमको सहुलियतको लागी अझै पनी विभिन्न कठिनाइ र चुनौतीहरु झेलिरहनु परेको छ । राज्यले अपाङ्गता भएका व्यक्तिहरुका लागी यातायातमा आरक्षण सिट र भाडादरमा छुट भनेता पनि व्यवहारिक रुपमा भने अझै कार्यान्वयन हुन सकेको छैन । अझ उल्टै अपाङ्गता भयका ब्यक्तिहरुलाई नै विभिन्न प्रश्नचिन्ह खडा गरिन्छ किन अपाङ्गता भएका मान्छे, […]
गर्मी छल्न सुनकाेशीमा जलयात्रा
सिन्धुली । सिन्धुली र रामेछापका अग्ला पहाड, वारिपारिको समथरको झुरुम्म बस्ती । छेउमा सलल बगेको सुनकोसी नदी । यहाँको शान्त र सुन्दर वातावरणमा रमाउन केही समययता आन्तरिक र बाह्य पर्यटक बढ्न थालेका छन् । सिन्धुलीको सुनकोसी गाउँपालिका–५ मुलकोटमा अवस्थित ताज रिभरसाइड रिसोर्ट प्रबन्ध निर्देशक मनोज श्रेष्ठका अनुसार गर्मी मौसम सुरु भएसँगै सुनकोसी नदीमा जलयात्रा (र्याफ्टिङ) गर्ने पर्यटकको […]
अपाङ्गता भएकाहरुको लागी समाबेशी खेलकुद प्रतियोगिता सम्पन्न
सिन्धुली – सिन्धुली अपाङ्ग महिला संघ सिन्धुलीको आयोजनामा मंगलबार अपाङ्ग भएका ब्यक्तीहरुको लागी समाबेशी खेलकुद कार्यक्रम सम्पन्न भएको छ । कमलामाइ नगरपालिका नगर खेलकुद बिकास समितीको सहयोगमा शारीरिक अपाङ्ग भएका ब्यक्तीहरुको लागी ह्विलचियर दौड प्रतियोगिता, बहिरा ब्यक्तीहरुको लागी ब्याडमिन्टन र बौद्धिक अपाङ्गता भएका ब्यक्तीहरुको लागी बोसिया खेल प्रतियोगिता सम्पन्न भएको हो । शारीरिक अपाङ्ग भएका […]