रामेछाप – रामेछाप नगरपालिका वडा नं ९ टारगाउँमा बिहिबार दिउँसो लागेको आगलागीबाट २६ घर गोठ जलेर नष्ट भएका छन । वडा नं ९ का वडाअध्यक्ष चन्द्र श्रेष्ठका अनुसार उक्त गाउँका २६ घर गोठ पूर्ण रुपमा जलेर नष्ट भएको हो । आगलागी अनियन्त्रित भइ १४ वटा घर र १२ वटा गोठ जलेर नष्ट भएको छ । […]
प्रदेश ३
सिन्धुलीको रानिबासमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका-१३ स्थित माथिल्लो रानिवासमा बुधबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उदयपुरको कटारीबाट भिमानतर्फ आउँदै गरेको मधेस प्रदेशको ०४००१ क ००५१ नम्बरको ट्रक र बा ९२ प ६५६२ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटर साइकल चालक सर्लाहीको हरिवन नगरपालिका ७ का ३० वर्षीय रिद्धिबहादुर मिरिङसिङको मृत्यु भएको […]
लङ्गुरखोला महादेब मन्दिर जाँदै गरेको बोलेरो दुर्घटना, १२ घाइते
सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिका -१ हत्पते गागनबाट लङ्गुरखोला महादेव मन्दिर दर्शन गर्न जादै गरको यात्रुबहाक बोलेरो दुर्घटना हुँदा बोलेरोमा सवार १२ यात्रु घाइते भएका छन । लङ्गुरखोला महादेव मन्दिर दर्शन गर्न दर्शनार्थी सवार प्र २-०४-००१ च ००५६ नम्बरको बोलेरो लङ्गुरखोला जाने भित्री सडक खण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । महोत्तरी […]
सिन्धुलीमा सरकारी बजेट कार्यान्वयनबारे अर्धबार्षिक समिक्षा सम्पन्न
सिन्धुली – संघीय र प्रदेश सरकार अन्तरगत जिल्लामा रहेका कार्यालयहरुको अर्धबार्षिक समिक्षा कार्यक्रम बुधबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिती सिन्धुलीको आयोजनामा चालु आर्थिक वर्ष २०८०/०८१ को प्रथम अर्धबार्षिक अबधीमा सम्पन्न तथा कार्यान्वयनको चरणमा रहेको कार्यक्रमहरुको अर्धबार्षिक प्रगती समीक्षा सम्पन्न भएको हो । आर्थिक वर्ष २०८०/०८१ को प्रथम अर्धबार्षिक अबधीमा सम्पन्न तथा कार्यान्वयनको चरणमा […]
६० दिनदेखि अबरुद्ध सुनकोशी–मरिण सुरुङ निर्माण कार्य सुचारु
सिन्धुली – राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बिगत दुई महिना देखी रोकिएको सुरुङ निर्माण कार्य शुक्रवारदेखी सुचारु गरिएको आयोजनाले जनाएको छ । बिगत ६० दिनदेखी अबरुद्ध रहेको सुरुङ निर्माण कार्यलाई सामान्य रुपमा सुचारु गरिएको आयोजना प्रमुख मित्र बरालले बताउनुभयो । महाभारत श्रृङखलाको जटिल एवं प्रतिकूल भौगर्भिक अवस्था, सोहि अवस्थामा भूमिगत पानीको संयोजनले सुरुङ […]








