सिन्धुली – कमलामाई नगरपालिका सिन्धुलीले बिहिबार एक बिज्ञप्ति जारी गर्दै आफ्नो नगरपालिका कार्यालयबाट सेवा सुविधा उपभोग गर्ने शिक्षक तथा कर्मचारीका छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना गराउन निर्देशन जारी गरेको छ । कमलामाई नगरपालिकाको कार्यपालिका बैठकले २०८० फाल्गुण १६ गते गरेको निर्णय अनुसार सामुदायीक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउनु पर्ने निर्णय गरेकोले […]
देश
सिन्धुलीमा फोहोरमैला ब्यबस्थापन सम्बन्धी सडक नाटक प्रर्दशन
सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका – १ स्थित पञ्चकन्या मा.बि कुडुले बिधालय परिसरमा बिहिबार सरसफाइसम्बन्धी जनचेतनामूलक सडक नाटक प्रस्तुत गरिएको छ । कमलामाई नगरपालिकाको आयोजना तथा भाइब्रेसन मिडियाको संयोजनमा उक्त सडक नाटक प्रस्तुत गरिएको हो । फोहोरमैला ब्यबस्थापन र बाताबरण संरक्षण सम्बन्धी वातावरणीय प्रदूषणले मानव स्वास्थ्य तथा वातावरणमा पर्ने असर र सरसफाइको महत्वबारे सडक नाटक मार्फत सन्देश […]
अब खाम्साकी आमा माइत जाने छैनन्
प्रसन् २०२२ को डिसेम्बरमा दक्षिण कोरियाका दयालु कृषकहरुले उन्नत जातका गाई उपहार दिने मुलुकको रुपमा नेपालले अवसर पायो। सय ओटा अत्यन्त सुन्दर केही डराएका जस्ता देखिने मायालाग्दा बाच्छी र केही बाच्छाहरु झण्डै ७ घण्टाको विमानको यात्रा गर्दै नेपाल आइपुगे । विचराहरु न आफ्नो यात्रा अनुभव बताउन सक्थे न उनीहरुको इच्छाअनुसार नेपाल आएका थिए । गुनासो […]
निःशुल्क मुटु स्वास्थ्य शिविरबाट चार सय ३७ बढी लाभान्वित
सिन्धुली – जिल्लाको घ्याङ्लेख गाउँपालिका-५ रामपुरमा भएको निशुल्क मुटु जाँच स्वास्थ्य शिविरबाट ४ सय ३७ सर्बसाधारण लाभान्वित भएका छन् । नेपाल तरुण दल सिन्धुलीको आयोजनामा शनिबार आयोजना भएको शिविरमा ४ सय ३७ जनाले निशुल्क सेवा लिएको तरुण दल सिन्धुलीका अध्यक्ष सहदेब मैनालीले जानकारी दिए । शिविरमा उपचार लिएकाहरुले इसिजी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर […]
गोलन्जोर वडा नं ६ मा पुनः मतगणना नगर्न उच्च अदालतको फैसला
सिन्धुली – उच्च अदालत पाटनले सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं ६ को वडाध्यक्षको मतपरिणाम पुनःगणना गर्नु नपर्ने फैसला बुधबार गरेको छ । पुनः मतगणनाको माग गर्दै नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षका निकटतम प्रतिस्पर्धी रोशन श्रेष्ठले दर्ता गराएको मुद्दामा माग गरिए अनुसार दाबी नपुगेको भन्दै उच्च अदालतले पुनः मतगणना नगर्न भनेको हो । मा. न्यायाधीश रमेशराज पोखरेल […]