सिन्धुली – राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण कार्य बिगत ४५ दिन देखी रोकिएको आयोजनाले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । सुरुङको दायाँबायाँ दुवैतर्फ पाउडर जस्तो माटो झरेर सुरुङ खन्ने टनेल बोरिङ मेसिनलाई थिचे पछि ४५ दिनदेखि निर्माण कार्य रोकिएको पत्रकार सम्मेलन मार्फत आयोजना प्रमुख मित्र बरालले बताउनुभयो । आयोजना […]
देश
प्रधानमन्त्री दाहालद्वारा दुधौली नगर अस्पतालको समुद्घाटन
सिन्धुली – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुलीको सिर्थौलीमा निर्मित दुधौली नगर अस्पतालको सनिबार एक औपचारिक कार्यक्रमका बिच समुद्घाटन गर्नुभएको छ । दुधौली नगरपालिका -५ सिर्थौलीमा नबनिर्मित दुधौली नगर अस्पतालको प्रधानमन्त्री दाहालले उद्घाटन गर्नुभएको हो । १५ शैय्याको नगर अस्पताल निर्माणको २०७८ असार १४ गते सम्झौता भएको थियो । कुल १८ करोड ६७ लाख ४८ हजार […]
अर्काेलाई आक्षेप लगाएर मात्रै पार्टी उँभो लाग्दैन: पूर्वमहामन्त्री सिंह
सिन्धुली – नेपाली कांग्रेस सिन्धुलीले ‘समुदायमा कांग्रेस अभियान’ अन्तरगत शुक्रबार पार्टी कार्यालयमा छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यता तथा कांग्रेस सिन्धुलीका सभापती उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा छलफल तथा अन्तरकृया सम्पन्न भएको हो । कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले सबैले आ-आफ्नो जिम्मेवारी इमान्दारीताका साथ पूरा गरे पार्टी […]
केन्द्रले तलब नदिएपछी सिन्धुली अस्पतालका चिकित्सक आन्दोलनमा
सिन्धुली – केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराउनुपर्ने तलब सुनिश्चित नभएको भन्दैं सिन्धुली अस्पतालका छात्रवृत्ति करारका चिकित्सकहरु आन्दोलित भएका छन् । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बागमती प्रदेश स्वास्थ्य मन्त्रालयलाई पटक-पटक ताकेता गर्दा पनि आफूहरुको तलब भत्ताको सुनिश्चितता नभएको भन्दैं करार छात्रवृत्तिका चिकित्सकहरु आन्दोलित भएका हुन् । बुधबारबाट उनीहरुले इनप्यासेन्ट, ओपीडी र इमर्जेन्सी […]
निर्माण कम्पनीद्वारा नबनिर्मित वडा कार्यालय वडाध्यक्षलाई हस्तान्तरण
सिन्धुली – कमलामाई नगरपालिका वडा नं.–५ को आफ्नै सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण भएको छ । कार्यालय भवन निर्माण सम्पन्न भएसँगै अब वडाको सेवासुबिधा आफ्नै भवनबाट प्रवाह सुरु गरिने भएको हो । जनप्रतिनिधी तथा स्थानीय नागरिकहरुको पहलमा जग्गाको ब्यवस्थापन गरेपछि भवन निर्माणका लागी केन्द्रिय सरकारले गत आर्थिक वर्षमा बजेट बिनियोजन गरेको थियो । वडा […]








