सिन्धुली – दुधौली ८ खोर भञ्ज्याङ स्थित मदन भण्डारि राजमार्गमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मंगलबार बिहान ११:१५ को समयमा मदन भण्डारी राजमार्गमा कटारीबाट डकाहातर्फ आउदै गरेको BAB ०१८८ न. को कारले दुधौली ७ चिहानडाडा बस्ने गंगाराम सदाको छोरा अन्दाजी ९/१० बर्षको मन्देश सदालाई ठक्कर दिएको थियो । कारको ठक्करबाट बालकको बाँया […]
समाचार
एकैदिन ५०१ महिलाले क्यान्सरको नि:शुल्क स्वास्थ्य परिक्षण गराए
सिन्धुली – सिन्धुली अस्पतालमा शनिबार आयोजित महिलाको पाठेघर तथा स्तन क्यान्सर स्क्रीनिङ सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण शिबिरमा ५०१ जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन् । सिन्धुली अस्पतालसंगको समन्वयमा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सिन्धुली अस्पतालमा आयोजना गरिएको सो निःशुल्क स्वास्थ्य शिविरमा महिलाको स्तन तथा पाठेघरको क्यान्सरबारे परीक्षण गर्नुका साथै परामर्श सेवा प्रदान गरिएको थियो । […]
सिन्धुली अस्पतालमा पाठेघर, स्तन क्यान्सरको निःशुल्क परीक्षण हुने
१८ बैशाख, सिन्धुली । आउदो बैशाख २० गते (शनिबार) सिन्धुली अस्पतालमा महिला पाठेघर तथा स्तन क्यान्सर स्क्रीनिङ निःशुल्क स्वास्थ्य परीक्षण शिबिर हुने भएको छ । सिन्धुली अस्पतालसंगको समन्वय तथा भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा एक दिने शिबिर संचालन हुन लागेको हो । रोगको उपचारात्मक सेवामा सुधारसँगै रोग लाग्न नदिन सचेतताका लागि यो शिबिर आवश्यक रहेको सिन्धुली […]
जबरजस्ती करणी घटना: निष्पक्ष छानबिन गर्न दुधौली कांग्रेसको माग
सिन्धुली – नेपाली कांग्रेस दुधौली नगरकार्यसमितीले दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवार बिरुद्ध बालिका उपर जबरजस्ती करणीको आरोपमाथी निष्पक्ष छानबिन गर्न सम्बन्धीत सरोकारवाला निकायसंग माग गरेको छ । दुधौली नगरकार्यसमितीका सभापती बलराम कार्कीद्वारा हस्ताक्षरित बिज्ञप्ति मार्फत पछिल्लो समय सामाजिक संजाल तथा सञ्चार माध्यममा दुधौली नगरपालिकाका मेयर अधिकारी दनुवार लक्षित प्रकाशित समाचारप्रती नेपाली कांग्रेस दुधौली नगरकार्यसमितीको […]
दुधौलीका मेयर दनुवारमाथी जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता
सिन्धुली – दुधौली नगरपालिकाको एक होटलमा काम गर्दै आएकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवारविरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा किटानी जाहेरी दर्ता भएको छ । मेयर अधिकारी दनुवारले १८ वर्षिय एक बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा बिहिबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दर्ता भएको हो । दुधौली नगरपालिकाकै एक होटलमा […]








