सिन्धुली– ७३.४३ सेन्टिमिटर अर्थात २ फिट ४.९ इन्च अग्ला १८ बर्षिय सिन्धुलीका एक किशोरले संसारकै होचा किशोर (टीनएजर) को रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउन सफल भएका छन । सिन्धुलीको गोलन्जोर गाउँपालिका– ४ डुंग्रेका १८ वर्षिय डोर बहादुर खपांगी मगरले संसारकै होचा किशोर (टीनएजर) को रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा आफ्नो नाम […]
समाचार
जिल्ला समन्वय समितीका संयोजक बर्मा वडा सदस्यमै पराजित
सिन्धुली – २०७४ सालको स्थानिय तहको निर्वाचनमा वडासदस्य पदमा निर्वाचित भइ जिल्ला समन्वय समिती सिन्धुलीको संयोजकमा नेकपा एमालेबाट निर्वाचित भएका पात्र हुन शंकरराज बर्मा तिवारी । तत्कालीन समयमा उनी दुधौली नगरपालिका वडा नम्बर -३ बाट निर्वाचित वडा सदस्य थिए । पाँच बर्षे कार्यकाल ब्यतित गरेर पुनः उनी समन्वय समितीको संयोजक हुने मनस्थितिमा थिए । सोही […]
हामी समृद्ध तिनपाटनको साझा उदेश्य लिएर काम गर्छौं
सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिकाको नवनिर्वाचित पालिका अध्यक्ष कर्ण थापामगरले तिनपाटनमा अब गफ गर्ने नभएर काम गर्ने प्रतिनिधीको संरचना निर्माण भएको बताउनुभएको छ । तिनपाटन बासीले काम गर्नकै लागी स्पष्ट बहुमत दिएर जनप्रतिनिधी चुनेको बताउदै थापाले अबको पाँच बर्ष समृद्ध तिनपाटनको साझा उदेश्य लिएर आफुले काम गर्ने बताउनुभयो । यो साझा उदेश्यमा सबै निर्वाचित वडाध्यक्ष […]
नगरप्रमुख पोखरेलले पद ग्रहणपछि गरेका तीन महत्वपूर्ण निर्णय
सिन्धुली – कमलामाइ नगरपालिकाका नबनिर्वाचित नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सोमबार औपचारिक रुपमा पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहणसंगै नगरप्रमुख पोखरेलले तीन महत्वपुर्ण निर्णय गर्नुभएको छ । पहिलो निर्णय आफुले उम्मेदवार रहदा प्रतिबद्धता गरेअनुरुप नगरपालिकाबाट हाल लागु गरिएका कर शुल्क समायोजनको लागी पहल शुरु गरिएको छ । जसको लागी एक कार्यदल गठन गरि कार्यदलबाट प्राप्त प्रतिवेदको […]
वडाध्यक्षमा जिल्लामै सबैभन्दा बढी मतअन्तरमा थापा निर्वाचित
सिन्धुली – सिन्धुली जिल्लाको कमलामाइ नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उज्ज्वल कुमार थापा बिजयी भएका छन । निर्वाचित वडाध्यक्ष थापा पाँच दलिय गठबन्धनबाट साझा उम्मेदवार रहेका थिए । जिल्लाको कुल ७९ वडामध्ये अन्य ७८ वडाध्यक्षको प्राप्त मत अन्तर भन्दा थापा सबैभन्दा बढी मत अन्तरले वडाध्यक्ष पदमा निर्वाचित भए । उनले ९ सय […]








