चलचित्र ‘हिरो रिटर्नस’को च्यारिटी शो शनिबार समेत हुने

सिन्धुली – नेपाली कथानक चलचित्र हिरो रिटर्नसको च्यारिटी शो एक समारोहका बिच सिन्धुलिमाढिमा शुक्रवार गरिएको छ । चलचित्रमा नायकको भुमिकामा रहेका सबिन श्रेष्ठ र मुख्य खलनायक पात्रको भुमिकामा रहेका सरोज खनालको विशेष उपस्थितिमा च्यारिटी शोको आयोजना गरिएको हो ।

सिन्धु इभेन्ट सिन्धुलीले आयोजना गरेको च्यारिटी शोलाई दर्शकको चाहानालाई मध्यनजर गरेर शनिबार समेत आयोजना गर्न लागिएको सिन्धु इभेन्टका प्रमुख प्रीन्सराजले बताए । च्यारिटी शोबाट संकलित केही रकम सिन्धुलिमा निर्माणाधिन कलाघरलाइ सहयोग गर्ने लक्ष आयोजक संस्थाले राखेको छ ।

शनिबार समेत आयोजना गर्न लागिएको च्यारिटी शोमा नायक सबिन श्रेष्ठ, बरिष्ठ कलाकार सरोज खनाल, गायक सपन श्रेष्ठ, सिन्धुली कलाघर समेतको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।

एक्सन फ्लिमको रुपमा निर्माण गरिएको नेपाली कथानक चलचित्र हिरो रिटर्नसमा सविन श्रेष्ठसँगै रेखा थापा, दिल श्रेष्ठ , सरोज खनाल, सुलेमान शंकर इकु, रोशन श्रेष्ठ, डिबी बम्जन, सुशान्त श्रेष्ठ, किरण श्रेष्ठ लगायतको लिड अभिनय रहेको छ ।

फिल्मलाई आशिष भेटवालले निर्देशन गरेका हुन् ।  सविन फिल्मस् को ब्यानरमा बनेको फिल्ममा शिवम अधिकारीको कथा, मदनकाश्यप घिमिरेको छायांकन, दिपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन र मित्र गुरुङको सम्पादन रहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार १४:१५

प्रतिक्रिया दिनुहोस्