सिन्धुली – सांस्कृतिक पर्व तीजलाई तडक–भडकपूर्ण होइन कि सामाजिक सद्भाव र प्रगतिशील कामका लागि एकताबद्ध हुने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिदै नेपाल तरुण दल सिन्धुलीले ‘माइती मिलन’ कार्यक्रम गर्ने भएको छ ।
सामाजिक सद्भाव कायम गर्न सदियाैँ पहिलेदेखि मनाउँदै आएको तीज पर्व लक्षित ‘माइती मिलन कार्यक्रम’ आउँदो भाद्र ५ गते कमलामाइ नगरपालिका -४ स्थित शिद्धबाबा पार्टी प्यालेस ढुंग्रेबासमा आयोजना गर्ने तयारी भएको तरुण दल सिन्धुली सभापती सहदेब मैनालीले अंकपत्रलाई जानकारी दिए ।
विभिन्न कार्यालय तथा घर ब्यबहारमा विभिन्न जिम्मेवारी सम्हालेर बसेका महिला दिदी–बहिनीलाई उक्त दिन तोकिएको स्थानमा उपस्थित भएर तीज पर्वको एक–आपसमा शुभकामना आदान-प्रदान गर्न समेत महिला दिदिबहिनिहरुलाई तरुण दल अध्यक्ष मैनालीले आग्रह गर्नुभयो ।
तरुण दल सिन्धुलीले गत बर्ष पनि सिन्धुलीमाढीमा माइती मिलन कार्यक्रम आयोजना गरेको थियो । यसबर्षपनी उक्त कार्यक्रमलाई तरुण दल सिन्धुलीले निरन्तरता दिएको हो ।









