महामारिको पीडा भुलाउन खुसी साट्दै जन्मउत्सब

सिन्धुली– राष्टिय युवा संघ नेपाल सिन्धुलीका युवा नेता मनोज लामाले आफ्नो जन्मदिन बिहिबार प्रदेश सभाषद, जनप्रतिनिधि, कर्मचारी, कानुन व्यावसायि, संचारकर्मी लगाएत शुभेच्छुकका साथमा मनाएका छन ।

कुण्डलीनी कन्ट्रक्सनका प्रबन्धक समेत रहेका लामाले आफ्नो आफन्त र नजिकका साथीभाईसँग केट काट्दै कोभिड -१९ को त्रासलाइ मत्थर बनाउने प्रयास स्वरुप आफ्नो जन्मदिन मार्फत खुसी साटेका हुन् । 

उनले थोरै व्यक्तिको समूह बोलाएर आफ्नो जन्मदिनमा पिडा, महामारिको त्रास र भयको सान्त्वनाको प्रतिकको रुपमा पलभरको खुसी साटासाटको लागि आफुले जन्मदिन मनाएको बताए ।

लामाले भने, ‘हामी अहिले कोभिड -१९ को महामारी बिच मनमा पीडा, चोट र भयलाइ अङ्गालेर बाचिरहेका छौं । हामिमा खुशी र उल्लासको माहौल पराइ जस्तै बनिसकेको छ ।

हामिले रमाउन र साथिभाइ बिच खुसी साटासाट गर्न समेत बिर्सिसकेयौ ।’ केही खुसी साटासाटको माध्यम बनाउने कोशिस स्वरुप आफुले जन्मदिन मनाएको उनले बताए ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार २२:५६

प्रतिक्रिया दिनुहोस्