सिन्धुली – युवा पुस्तामाझमा र्याप गायनबाट लोकप्रिय बनेका समिर घिसिङ (भिटेन) ले सिन्धुलिमाढिमा महाशिबरात्री म्युजिकल फेस्टिबल -२०७७ मा आफ्नो प्रस्तुति दिने भएका छन ।
महाशिवरात्रीको अबसरमा यहि फाल्गुन २७, २८ र २९ गते सिन्धुलीमाढिको खुल्लामन्चमा ब्रदरहुड इभेन्टस सिन्धुलिको आयोजनामा हुन लागिरहेको महाशिबरात्री म्युजिकल फेस्टिबल -२०७७ मा चर्चित र्यापर समीर घिसिङ भिटेन लगायत अन्य लोकप्रिय कलाकारहरुले आफ्नो प्रस्तुती दिन लागेको कार्यक्रम आयोजनाको संयोजक समीर बिक्रम थापाले बताए ।
चर्चित र्याप गितहरुमार्फत आफ्ना टन्नै फ्यान कमाएका गायक भिटेनको सिन्धुलिमा पनि प्रशस्त फ्यानहरु भएकोले उहाँहरुको माग अनुसार कार्यक्रम आयोजना गरिएको र संगै अन्य लोकप्रिय कलाकारहरुको पनि प्रस्तुती रहने थापाले बताए ।
तीन दिनसम्म आयोजना हुने म्युजिकल फेस्टिबलमा भिटेन लगायत दुर्गेश थापा, प्रकाश सपुत, अस्मिता अधिकारी, फ्युचर मन्त्र ब्याण्ड, योगेश काजी लगायत स्थानिय कलाकारको प्रस्तुती रहने आयोजकले बताएको छ ।