चलचित्र ‘हिरो रिटर्न्स’ को च्यारिटी शो सिन्धुलीमाढीमा हुने

सिन्धुली – विश्वव्याधिका रूपमा देखापरेको कोभिड–१९ को अनपेक्षित र अप्रत्यासित मार चलचित्र क्षेत्रले खेपिरहेको छ । विश्वभरको चलचित्र जगतकै यो दशाले नेपाली चलचित्रलाई नछोप्ने त कुरै भएन ।

चलचित्र उद्योग अति संवेदनशील क्षेत्र हो । सन् २०१५ को भूकम्पपछि पुरानै अवस्थामा फर्किन कम्तीमा २ वर्ष लाग्यो । अहिले त भूकम्पभन्दा पनि निकै गम्भीर महामारीको शिकार बनेको छ चलचित्र क्षेत्र ।

महामारीलाई छिचोल्दै बिस्तारै पुनस्थापित हुँदै गरेको चलचित्र क्षेत्रलाइ पुनः जिबित तुल्याउने आषयका साथ सिन्धुलिमा नेपाली कथानक चलचित्र ‘हिरो रिटर्न्स’को च्यारिटी शो आयोजना गरिने भएको छ ।

खासगरी गायनको क्षेत्रबाट राष्ट्रिय कलाकारको सुचिमा नाम भर्न सफल प्रीन्सराजको पहलमा सिन्धु इभेन्ट्स क्लब सिन्धुलीले उक्त च्यारिटी शोको आयोजना गर्न लागेको हो ।

विभिन्न राजनीतिक, सामाजिक र प्राकृतिक संक्रमणपछि तंग्रिन खोजिरहेको नेपाली चलचित्र पुनः कोरोनाका कारण थला परेको अबस्थालाइ मध्यनजर गरेर केही सामाजिक सेवाका लागि चारिटी शोको आयोजना गर्न लागिएको कलाकार प्रीन्सराजले बताए ।

च्यारिटी शोबाट संकलित रकमको २० प्रतिशत रकम सिन्धुली जिल्लामा निर्माणाधिन कलाघरलाइ सहयोग उपलब्ध गराउने लक्ष आयोजकले राखेको छ । आउदो चैत्र ६ गते सिन्धुलिको प्रयास होटलमा आयोजना गर्न लागिएको उक्त च्यारिटी शोमा ख्यातिप्राप्त कलाकारको उपस्थिती रहने बताइएको छ ।

नेपालका सदाबहार नायक सरोज खनाल, एक्सन नायक सबिन श्रेष्ठ, नायिका रेखा थापा, आचल शर्मा, गायक सपन श्रेष्ठ, प्रीन्सराज, व्यंग्य कलाकार इकु शुलेमान लगायत कलाकारको च्यारिटी शोमा प्रस्तुती रहने इभेन्ट ब्यबस्थापक अजित रायमाझिले बताए । उक्त च्यारिटी शो कार्यक्रमको ब्यबस्थापन युवा व्यावसायि पवन रोक्काले गरिरहेका छन ।

चलचित्र ‘हिरो रिटन्स’ नायक सविन श्रेष्ठ स्वयं आफुले निर्माण गरेका हुन । आशिष भेटवालले निर्देशन गरेको चलचित्रमा रेखा र सविन श्रेष्ठ लिड रोलमा छन् । साथमा दिल श्रेष्ठ, सरोज खनाल, शुलेमान शंकर ईकु, रोशन श्रेष्ठ, किरण श्रेष्ठ लगायतको मुख्य भूमिका छ ।

चलचित्रमा शिवम अधिकारीको कथा, मदनकाश्यप घिमिरेको छायांकन, दिपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन र मित्र गुरुङको सम्पादन रहेको छ ।

चन्द्र गौतम यस चलचित्रका कार्यकारी निर्माता हुन् । सविन फिल्मसको ब्यानरमा बनेको यो चलचित्रका निर्माता भिम न्यौपाने, अमित श्रेष्ठ र ध्रुब न्यौपाने हुन । 

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार १२:५३

प्रतिक्रिया दिनुहोस्