कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले शुक्रबार बिहान नतिजा सार्वजनिक गरेको हाे । बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । बोर्डका अनुसार गत १४ देखि २७ वैशाखसम्म सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी थिए ।

भैँसीगोठमा खुसी छ बजगाँइ परिवार

गंगा बिसुन्के  सिन्धुली/मरिण गाउँपालिका ७ महेश्वताका सुशिल बजगाँई बिहान ५ बज्दा गोठमा हुन्छन् । हातमा बाल्टीन र काँधमा तौलिया उनको साथैमा हुन्छ । थकानभन्दा बढी उनको मुहारमा सन्तोषको चमक देखिन्छ । ७ वर्ष मलेसियामा पसिना बगाएर फर्किँदा उनमा जति निराशा छाएको थियो त्यो भन्दा ज्यादा उज्यालो उनको दैनिकीमा अहिले देखिन्छ। उनको दैनिकी अहिले फेरिएको छ […]

अर्थमन्त्री वाग्लेले पत्रकारलाई अपमानित गरेकोमा प्रेस युनियन महासचिव पौडेलको आपत्ति

काठमाडौं— नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय समितिमा पत्रकारबारे गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् । महासचिव पौडेलले सामाजिक सञ्जालमार्फत विद्वान अर्थमन्त्री वाग्लेले पत्रकारको मानमर्दन हुने गरी दिएको अभिव्यक्ति खेदजनक रहेको बताएका हुन् । आर्थिक विधेयक सच्चाएको र विद्युतीय सवारीमा करका दर हेरफेरको सूचना चुहावट भएको आशंका सहित विभिन्न सञ्चार माध्यममा […]

सिन्धुली – जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रदर्शनकारीको सम्झनामा सरकारले बुधबार राष्ट्रिय शोक घोषणा गरेको थियो । राष्ट्रिय शोकमा आधा झण्डा झुकाउने निर्णय गृह मन्त्रालयले गरेको हो । तर गृहअन्तर्गतको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले यस कुरालाई बेवास्ता गरेको छ । प्रशासनले झण्डा त झुकाएन नै आन्दोलनका समयमा च्यातिएको झण्डासमेत कसैले राखेन । राष्ट्रिय शोकमा झण्डा नझुकाएपछि […]

सामाजिक सेवा नै समाज रुपान्तरणको आधार हो: बिज्ञान ढकाल

मानिसले आफ्नो रुचि, क्षमता, अवस्था र परिस्थिति अनुसार जीवन सफल बनाउन लक्ष्य निर्धारण गर्दछ । लक्ष्य बिनाको मानिस निरर्थक हुन्छ । लक्ष्य जति ठूलो राखिन्छ त्यति नै त्यसको परिणाम ठूलो हुन्छ । लक्ष्य राखेर मात्रै पनि हुँदैन त्यसलाई प्राप्त गर्नका लागि ठुलो प्रयत्न गर्नुपर्छ । हरेक व्यक्तिका लक्ष्य फरक फरक हुन सक्छन् । त्यस्तै मेरो […]